Janakpurdham
Mon, Mar 23, 2026
`

संघीय लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा पूर्व राष्ट्रपतिको जोड

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर २५ गते । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान गतिशील दस्ताबेज भएकाले यसमा परिमार्जन गर्दै संघीय लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

२००७ सालको जनकपुर जनसरकारका प्रधानमन्त्री स्वर्गीय महेन्द्र नारायण निधिको लोकतान्त्रिक सङ्घर्ष सहितको विषयलाई समेटेर वरिष्ठ पत्रकार किशोर नेपालले लेख्नुभएको “नेपालको निधि” भन्ने पुस्तकको आज जनकपुरधाममा लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानमा लोकतन्त्रका सबै अवयवहरू समेटिएको बताउनुभयो ।

उहाँले संविधानमा कार्यपालिका, व्यवस्थापिकाले राम्रो काम गर्न नसकेको र स्वतन्त्र न्यायपालिकामा पनि राजनीतिक हस्तक्षेप बढेको बताउँदै अहिले विश्वविद्यालयहरूमा दलीय भागबन्डाबाट पदाधिकारीको नियुक्ति हुनु मुलुकका लागि दुर्भाग्य भएको बताउनुभयो ।

oplus_2

पूर्व उप प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरण नभएसम्म मुलुकको विकास कठिन हुने बताउँदै वर्तमान सरकारले यसमा ध्यान दिँदै दुई वर्षपछि काँग्रेसलाई सहमति अनुसार नेतृत्व हस्तान्तरण गर्ने आशा व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकको हरेक परिवर्तनमा मधेश प्रदेश भएको भूगोलले ठूलो योगदान दिएको बताउँदै मधेशका नेता तथा जनताले राज्यबाट उचित सम्मान पाउन नसकेको गुनासो गर्नुभयो ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष नरेन्द्र कुमार मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनता समाजवादी पार्टीका नेता रामअशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं विश्लेषक रामचन्द्र झा, वामपन्थी नेता शीतल झा, नेपाली काँग्रेसका नेता रामसरोज यादव, पूर्व मन्त्री रामकृष्ण यादव, तमलोपाका नेता डा. विजय कुमार सिंह, काँग्रेसका नेता स्मृति नारायण चौधरीले स्वर्गीय नेता निधिको व्यक्तित्व माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा विमोचित पुस्तकका विषयमा लेखक वरिष्ठ पत्रकार किशोर नेपालले जानकारी दिनुभएको थियो ।


साभार ः रेडियो नेपाल

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

4 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

4 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले