Janakpurdham
Sun, Aug 30, 2026
`

मनोज रुंगटाद्वारा क्लोथ बैंकलाई नयाँ सारी सहयोग, बालबालिकाले पाए ज्याकेट

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २७ गते ।  क्लोथ बैंक जनकपुरधामले आफ्नो परोपकारी अभियानलाई निरन्तरता दिँदै सोमबार एउटा विशेष कार्यक्रमको आयोजना गर्यो। समाजसेवी तथा प्रतिष्ठित कपडा व्यवसायी मनोज रुंगटा आफ्नो सपरिवार छोरा अंकित रुंगटा,स्वास्नी उषा रुंग्टा र बुहारी प्रीयंका रुंगटा सहित संस्थाको कार्यालयमा आइ ७६ थान विभिन्न ब्रान्डका नयाँ सारी प्रदान गर्नुभएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा राजीव झा संस्था स्थापना र संस्थाले गरिरहेको कार्यको बिषयमा प्रकाश पारेका थिए।संस्थाको स्लोगन हुनेले "नहुने लाई सहयोग गरौं"को नरालाइ सबै ले अबलम्बन गर्नु पर्ने बताउनु भयो।

सोही अवसरमा क्लोथ बैंक नेपाल मार्फत १२ जना बालबालिकाले ज्याकेट प्राप्त गरेका छन्। उक्त कार्यक्रममा गुठी संस्थानको कार्यालय प्रमुख,दाता परिवारका समजसेबी मनोज रुंगटाले संस्थाले गरि रहेको कार्यको प्रशंसा गर्नु भयो।क्लोथ बैंक नेपालको कोषाध्यक्ष रुबि झाले संचालन गरेको कार्यक्रममा धनेश्वर ठाकुर,कृष्ण कुमार साह,राम टहल यादव,भारती झा सहित को सहभागीता रहेको थियो। सहभागीहरु मध्ये अंकित रुंगटाले क्लोथ बैंकले गरिरहेको कामको उच्च प्रशंसा गर्दै समाजमा यसले पार्ने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए।
क्लोथ बैंकका प्रतिनिधिले मनोज रुंगटा र अन्य सहयोगदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो परोपकारी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
क्लोथ बैंक नेपाल धनुषा जनकपुरधामले विपन्न र असहाय वर्गका लागि लत्ताकपडा वितरण गर्दै सामाजिक सेवामा उदाहरणीय योगदान दिइरहेको छ।

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

10 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

10 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

1 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

1 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले