Janakpurdham
Thu, Sep 03, 2026
`

धनुषामा चुनावी चहलपहल बढ्यो

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ।  छठ पर्वको समापनसँगै धनुषामा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी सरगर्मी तीव्र बनेको छ । निर्वाचन आयोगले चुनावको प्रचार प्रसारका लागि १७ गते देखि छुट दिएपछि उम्मेदवारहरू प्रचारको शैलीका लागि तयारी गरिरहेका छन् ।खास गरेर पत्र पत्रिका, रेडियो, टेलिभिजन तथा माइकिङ मार्फत चुनावको प्रचार गर्नका लागि तयारी गरिरहेका छन् । धनुषा जिल्लामा रहेको रहेको ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभाको चुनावमा मुख्यतः दुई गठबन्धन दलका बीचमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नंं ३ बढी चर्चामा रहेको छ । यस  ठाउँबाट मुख्यतः दुई गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका दुई जना पूर्वमन्त्रीका बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ । नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहनु भएका प्रतिनिधि सभाका सदस्य पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी  पार्टी नेपालका नेता एवं पूर्वमन्त्री अनिल कुमार झा र नेकपा एमाले र जसपा गठबन्धन दलका उम्मेदवार एमालेका नेत्री पूर्वमन्त्री जुली कुमारी महतो महासेठका बीचमा कडा प्रतिस्पर्धा रहेको छ ।दुवै उम्मेदवारहरू घर उम्मेदवारी दर्ता सँगै घर दैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । दुवै जनाले आफूहरूको जीत सुनिश्चित भएको दाबी गर्दै आउनु भएको छ । उहाँहरूलाई स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको नेपाल सरकारका पूर्व सिनियर डिभिजन इन्जिनियर सत्यनारायण साह तथा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साहले पनि चुनौती दिइरहनु भएको छ ।यसै धनुषा निर्वाचन क्षेत्र नंं ३ को प्रदेश सभा तर्फबाट पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका लागि प्रदेश सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादव र एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका मुख्यमन्त्री  लालबाबु राउतका पूर्व प्रमुख  स्वकीय सचिव जितेन्द्र यादवले टक्कर दिइरहनु भएको छ ।

साभार : रेडियो नेपाल

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

2 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

2 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

3 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

3 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 दिन पहिले