Janakpurdham
Thu, Aug 06, 2026
`

थ्रीलर म्याचमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस ५ गते ।  जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुर मैदानमा भएको क्वालिफायर २को लो स्कोरिङ थ्रीलर म्याचमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।

अब जनकपुरले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ। सुदूरपश्चिम बधुबार भएको क्वालिफायर १मा जनकपुरलाई नै हराउँदै फाइनलमा पुगेको थियो। प्रतियोगितामा जनकपुर र सुदूरपश्चिमको तेस्रो पटक भीडेपछि उपाधिको टुंगो लाग्ने छ।

पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। तर, टप र मिडलअर्डर पुनः एक पटक असफल हुँदा सामन्य लक्ष्य पछ्याउँदा पनि जनकपुर दबाबमा आएको थियो।

जनकपुरका लागि पनुः एक पटक जिमी निशमले उत्कृष्ट ब्याटिङ गरे। ४४–४को दबाबपूर्ण अवस्थामा ब्याटिङका लागि आएका निशमले १७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाउँद जनकपुरको जितको आधार तयार गरेका थिए। 

यस्तै, हर्ष थाकरले १७, शेर मल्लले १६ र डेब्यू खेलाडी मयन यादवले १४ र आकश त्रिपाठीले १३ रनको महत्वपूर्ण इनिङ खेले।

बलिङमा कर्णालीका युवा स्पिनर विपिन शर्माले पुनः उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट लिए। उनले आफ्नो आफ्ना् अन्तिम ओभरमा जिमी निशम र मोहम्मद मोहसिनको विकेट लिँदै कर्णालीलाई खेलमा फर्काएका थिए। यस्तै, सोमपाल कामी र विलियम बसिस्टोले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सक्यो।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै, देव खनालले २० बलमा ३ चौका र १ छक्का मद्दतमा २४ रन बनाउँदा विलियम बसिस्टोले १४ रन तथा जिशन मक्सुद र युनिस ठकुरीले समान १२ रन बनाए।

कर्णालीलाई सस्तैमा रोक्ने क्रममा जनकपुरका मोहम्मद मोहसिन खान, जिमी निशम र ललित राजवंशीले समान २ विकेट लिए भने शेर मल्ल र हर्ष थाकरले समान १ विकेट लिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

10 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

10 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले