
हिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजित
6 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडाैं, पुस २९ : मलेसियामा अर्को साताबाट सुरु हुने यू–१९ महिला विश्वकपको तयारीका लागि खेलिएको पहिलो अध्यास नेपाल पराजित भएको छ। मलेसिया स्थित कोलेज तुन्कु जाफर मैदानमा भएको खेलमा नेपाल वेस्टइन्डिजसँग ९ रनले पराजित भयो।
नेपालले बलियो वेस्टइन्डिजसँग उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। वेस्टइन्डिजलाई १०९ रनमा रोकेको नेपालले १९.५ ओभरमा १ सय रनमै अलआउट भयो।
नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रन बनाउँदा किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन बनाएए। ५४–६ को अवस्थाबाट किरण र सिमानाले ३० रनको साझेदारी गर्दै नेपाललाई जितको आशा जगाएका थिए। तर, नेपालको बोर्डमा ९८ रन हुँदा सिमाना पनि आउट भएपछि नेपाल पराजित भएको थियो।
नेपाललाई रोक्ने क्रममा बलिङमा तृशा हार्दत, अलिया विकेस र अमिह गिल्बेर्टले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो । उसका लागि कप्तान सामरा रमनाथले सर्वाधिक २५ रन बनाउँदा असाबी कलेन्डरले २३, जजारा कलेक्सटनले २२ रनको योगदान दिए।
बलिङमा नेपालका सिमाना केसी र रचना कुमारी चौधरीले समान १ विकेट लिए।
अब नेपालले जनवरी १५मा अमेरिकासँग दोस्रा अभ्यास खेल खेल्ने छ।
जनवरी १८ बाट सुरु हुने विश्वकपमा नेपालले समूह डीमा छ। नेपालले जनवरी १८ मा बंगलादेश, जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ।
समूहमा शीर्ष ३मा अटाउन सकेन नेपालले सुपर सिक्स खेल्ने छ। जहाँ थप तीन खेल्ने अवसर हुनेछ।
साभार ः काठमाडौं प्रेस

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
5 घन्टा पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
5 घन्टा पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
1 दिन पहिले
जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..
1 दिन पहिले
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..
काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..
2 दिन पहिले