हिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, पुस २९ : मलेसियामा अर्को साताबाट सुरु हुने यू–१९ महिला विश्वकपको तयारीका लागि खेलिएको पहिलो अध्यास नेपाल पराजित भएको छ। मलेसिया स्थित कोलेज तुन्कु जाफर मैदानमा भएको खेलमा नेपाल वेस्टइन्डिजसँग ९ रनले पराजित भयो।
नेपालले बलियो वेस्टइन्डिजसँग उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। वेस्टइन्डिजलाई १०९ रनमा रोकेको नेपालले १९.५ ओभरमा १ सय रनमै अलआउट भयो।
नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रन बनाउँदा किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन बनाएए। ५४–६ को अवस्थाबाट किरण र सिमानाले ३० रनको साझेदारी गर्दै नेपाललाई जितको आशा जगाएका थिए। तर, नेपालको बोर्डमा ९८ रन हुँदा सिमाना पनि आउट भएपछि नेपाल पराजित भएको थियो।
नेपाललाई रोक्ने क्रममा बलिङमा तृशा हार्दत, अलिया विकेस र अमिह गिल्बेर्टले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो । उसका लागि कप्तान सामरा रमनाथले सर्वाधिक २५ रन बनाउँदा असाबी कलेन्डरले २३, जजारा कलेक्सटनले २२ रनको योगदान दिए।
बलिङमा नेपालका सिमाना केसी र रचना कुमारी चौधरीले समान १ विकेट लिए।
अब नेपालले जनवरी १५मा अमेरिकासँग दोस्रा अभ्यास खेल खेल्ने छ।
जनवरी १८ बाट सुरु हुने विश्वकपमा नेपालले समूह डीमा छ। नेपालले जनवरी १८ मा बंगलादेश, जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ।
समूहमा शीर्ष ३मा अटाउन सकेन नेपालले सुपर सिक्स खेल्ने छ। जहाँ थप तीन खेल्ने अवसर हुनेछ।
साभार ः काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
8 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
8 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले