
बहुवर्षीय योजनामा समेटियो लाामाबगर–भिट्टामोड लोकमार्ग, २० करोड बजेट
4 महीना पहिले प्रकाशित
Esandhyakalin

चरिकोट,माघ ८ गते । सरकारले भारत–चीनजोड्ने उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत लामाबगर भिट्टामोड सडक योजनाका लागि २० करोड स्रोतको सहमति प्रदान गरेको छ ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाकाअनुसार उक्त सडकलाई बहुवर्षीय योजनामा समाबेश गर्दै स्रोत सुनिश्चित गरिएको हो ।
यो लोकमार्गका लागि मन्त्रालयबाट स्रोत सहमतिप्रदानगरिएको पत्रप्राप्तभएको डिभिजन सडक कार्यालय चरिकोटका डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए ।
‘मन्त्रालयबाट नाकासम्म सडक जोड्ने, मर्मत, स्तरोन्नतिगर्ने निर्देशनसहितको पत्रआएको छ, प्रक्रिया पुरा गरेर टेन्डर मार्फत योजना कार्यान्वयन अघि बढाउछौँ, उनले भने ।’
भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे सडक नेपाल, भारत र चीनजोड्ने सबैभन्दा छोटो दूरीको त्रिदेशीय लोकमार्ग हो । महोत्तरीको भिट्टामोडदेखि दोलखाको लामाबगर हुँदै चीनको याङ्लुङसम्मको जम्मा दूरी २४८ किलोमिटर मात्रै छ ।
एमाले पोलिट व्युरो सदस्यपार्वत गुरुङले आफु संचार तथा सूचना प्रबिधिमन्त्री हुँदा२०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटमा यो लोकमार्गलाई पहिलो पटक राष्ट्रिय राजमार्गको रुपमा समाबेश गराएका थिए । त्यसपछि योजना कार्यान्वयनका लागि जिल्लाको सर्बदलीय टोली पटक पटक डेलिगेसन गएको थियो ।
एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले विगतको नीति तथा कार्यक्रममा समाबेश भएको योजनालाई निरन्तरता दिँदै सरकारले बजेट छुट्याउनु खुसीको विषय भएको बताए । उनकाअनुसार एमाले दोलखाले यो विषयलाई सचिवालय बैठकको एजेन्डा बनाएर सरकारलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
सडक डिभिजनका अधिकारीहरुकाअनुसार चीनसम्म जोडिने सडकको बाँकी ट्रयाक खोल्न उक्त बजेट खर्च हुनेछ । महोत्तरीको भिट्टामोडदेखि लामाबगरको लप्ची र लुम्नाङ क्षेत्रसम्मसडक पहुँचपुगिसकेको छ । चीनको बोर्डर जोडिन अब लगभग ५/६किलोमिटर सडकको ट्रयाक खोल्नुपर्नेछ ।
त्यसका लागि चालु आर्थिक वर्षभित्रै टेन्डर आव्हान गरी सम्झौतागर्ने सडक डिभिजन कार्यालयको तयारी छ । सडक संजाल चिनियाँ नाकासम्म जोडिए पनि नाका खोल्न भने चीन हालसम्म तयार नभएको बताइएको छ । सडक संजाल जोडिएर नाका समेत संचालनमाआए नेपालको आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने सरोकारवालाहरुको अपेक्षा छ ।
साभार ः नेपाल प्रेस

पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट जाने कार्यक्रम स्..
काठमाडौं, जेठ १७ : नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गर..
12 घन्टा पहिले
प्रधानमन्त्रीद्वारा मधेश प्रदेश विभिन्न सडकको शिलान्य..
जनकपुरधाम ,जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्नुहुने भएक..
12 घन्टा पहिले
बजेटमा नयाँ के छ ?
काठमाडौँ ,जेठ १५ गते । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र बिस्..
2 दिन पहिले
गणतान्त्रिक व्यवस्था विश्वका उत्कृष्ट व्यवस्था : मुख्य..
जनकपुरधाम ,जेठ १५ गते । १८ औँ गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेश सरकारले मधेश प्रदेशका १२ जना प्रेस स्वतन्त्रता..
2 दिन पहिले
जेलबाट निस्किए कांग्रेस नेता आलम
काठमाडाैं ,जेठ १४ गते । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्र..
3 दिन पहिले