Janakpurdham
Sun, Mar 22, 2026
`

प्रदेश सरकारले बनाएको कानूनको कार्यान्वयन गर्न सरकार दृढ : गृहमन्त्री लेखी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ११ गते । मधेश प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मधेश प्रदेश सरकारले बनाएको कानूनको कार्यान्वयनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनु भएको छ ।

गृहमन्त्री लेखीले मन्त्रालयद्वारा आयोजना गरेको प्रदेश कानून कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूसँग आज जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले प्रदेश सरकारले बनाएको कानूनलाई कार्यान्वयनका लागि सरोकारवाला निकायको सहयोग तथा साथ आवश्यक भएको बताउँदै कानून जस्तोसुकै राम्रो भएपनि यसको कार्यान्वयन भएन भने त्यसको कुनै औचित्य नरहने बताउनु भयो ।

कानूनमन्त्री लेखीले मधेश प्रदेश सरकारले हालसम्म ६४ वटा कानून प्रदेश सभाबाट पारित गरेको बताउँदै प्रदेश सरकारबाट कानूनको जून रुपमा कार्यान्वयन हुनु पर्दथ्यो त्यसमा कमी रहेको बताउँदै अगामी दिनहरूमा कानूनलाई प्रभावकारी कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले प्रदेश सरकारले बनाएको कानूनलाई प्रभावकारी कार्यान्वयनका लागि नै कानून बनाउने, कानूनको व्याख्या गर्ने तथा कानूनको कार्यान्वयन गर्ने निकायको सहभागिता गराएर अन्तरक्रिया गराएको बताउनु भयो ।

मधेश प्रदेश सभाका सदस्य रामअशिष यादवले प्रदेश सभाबाट हालसम्म ६४ वटा कानून पारित भएको बताउँदै कानूनको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारसँग प्रहरी तथा आफ्नै निजामती प्रशासन हुन आवश्यक भएको बताउनु भयो ।

प्रदेश सभाका सदस्य संजय यादवले सङ्घीयतालाई रुचाउनेले प्रदेशको कानूनलाई कार्यान्वयन गर्ने र नरुचाउनेले अनदेखा गर्ने बताउँदै कानूनको कार्यान्वयन गर्ने प्रमुख निकायको रुपमा रहेको निकायहरूको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रम कानून कार्यान्वयनका लागि महत्त्वपूर्ण भएको बताउनु भयो ।

उच्च अदालत जनकपुरधामका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले प्रदेशको कानुनहरू स्थानीय तहले कुन रुपमा कार्यान्वयन गरेको छ त्यसको अनुगमन हुन जरुरी रहेको बताउनु भयो । सो अन्तरक्रिया कार्यक्रममा उच्च, जिल्ला अदालतका न्यायाधीशहरू, सरकारी वकिलका कार्यालयका प्रतिनिधिहरू, नेपाल वार एशोसिएशनका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेका थिए ।  


साभार ः रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

23 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

23 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले