Janakpurdham
Sun, Mar 22, 2026
`

नेपाल भारत खुला सिमा संवाद समुहद्वारा सिमाक्षेत्र अवलोकन

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ १३  गते ।  नेपाल-भारत खुला सिमाको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहको अध्यक्ष डा
राजीव झा प्रवक्ता प्रमोद रंगीले बाल अभियानी आदित्य झा लागायतको टोलीले बिदेह नगरपालिका वडा नम्बर -२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वासागढ लगायत सीमा क्षेत्रमा अबस्थित ऐतिहासिक ठाउँहरुको निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल-भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखियो। दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए। साथै, घाम ताप्दै त कोहि दाउरा सुकाउँदै गरेका दैनिकी गतिविधिहरू पनि देखिए। यस्तो दृश्यले नेपाल-भारत खुला सीमाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ, जहाँ सामान्यतः अन्य देशहरूको सिमामा बन्दुकसहितको कडा सुरक्षा हुने गर्छ ।
नेपाल भारतको विशेषता भनेकै सीमाक्षेत्रमा रहेका किसानहरू र परिवारहरूको साझा सम्बन्ध हो। धेरै किसानका खेत खलिहानहरू दुबै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन्। यो सम्बन्ध सिमाना निर्धारण हुनु भन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको छ।
यस निरीक्षण भ्रमणले खुला सिमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वहरु उजागर गर्दै नेपाल-भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको देखिन्छ।

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

23 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

23 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले