मधेश प्रदेशमा जनस्वास्थ्य समस्याको रुपमा कुष्ठरोग
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,माघ १३ गते । नेपालबाट कुष्ठ रोग निवारण भएको डेढ दशक भएपनि मधेश प्रदेशका लागि अहिले कुष्ठरोग ठूलो जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ ।
नेपालमा प्रति १० हजारमा ०.९२ प्रतिशत कुष्ठरोगी भएपनि मधेश प्रदेशमा १० हजारमा २ जना कुष्ठरोगी रहेको मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ७२ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय धनुषाले वि एन एम टि लगायतका संस्थाको सहयोगमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशमा अहिले पनि धेरै सङ्ख्यामा रोगको संक्रमण हुने आशङ्का गरेको छ ।
अहिले नेपालमा फेला परेका नयाँ कुष्ठरोगी बिरामीको सङ्ख्या २ हजार ४ सय ७२ जना रहेका छन् भने उपचारमा रहेका रोगीको सङ्ख्या २ हजार ७ सय ६ जना रहेका छन् । त्यस मध्ये नयाँ फेला परेका रोगी मध्ये १४ वर्षमुनिका बालबालिकाको सङ्ख्या १ सय ३६ जना रहेका छन् ।
नयाँ तथा पुराना उपचारमा रहेका कुष्ठ रोगी मध्ये अधिकांश मधेश प्रदेशमा नै रहेका छन् । खुल्ला सिमाना तथा जनसङ्ख्याको अत्यधिक चाँप भएका कारणले मधेश प्रदेशमा कुष्ठ रोगको निवारण कठिन रहेको छ । सामाजिक लोकलज्जा तथा अन्य कारणले सुरुमा रोग लुकाउने र पछि अङ्गभङ्ग भएको खण्डमा स्वास्थ्य संस्थामा आउने भएकाले अङ्ग जोगाउन समस्या हुने गरेको उपचारमा संलग्न रहेका चिकित्सकहरूले जनाउनु भएको छ ।
कुष्ठरोगको उपचार तथा औषधि पूर्ण रुपमा नै नेपाल सरकारले निःशुल्क रुपमा दिने गरेकाले शङ्का लागेको खण्डमा उपचारमा आउनका लागि स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले सवैमा आग्रह गर्नु भएको हो । उपचारको क्रममा रोगीको विवरण पनि गोप्य नै राख्ने भएकाले कुष्ठरोगको आशङ्का लागेको खण्डमा अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जाँचका लागि आउनका लागि स्वास्थ्य प्रशासक यादवले आग्रह गर्नु भयो ।
नेपालमा सन् २०१० देखि नै कुष्ठरोग निवारण भएको घोषणा भएपनि मधेश प्रदेशमा रोगीको सङ्ख्या १० हजारमा २ जना रहेको वि एन एम टि का चिकित्सक डा. मनोज साहले जानकारी दिँदै समाजमा अहिले पनि रोग लुकाएर बस्ने चलन भएका कारणले रोगीको सङ्ख्या अझै बढी हुने आकलन गरिइएको जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय धनुषाका फोकल पर्सन महेश साहले धनुषा जिल्लामा कुष्ठरोगको खोजतलासमा स्थानीय तहले विशेष रुपमा ध्यान दिनु पर्ने सुझाव दिँदै शरीरको कुनै भागमा फुस्रो दाग वा अन्य प्रकारको समस्या भएको खण्डमा स्वास्थ्य संस्थामा सम्पर्कका लागि आग्रह गर्नु भयो ।
साभार ः रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
23 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
23 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले