Janakpurdham
Sun, Jun 01, 2025
`

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, माघ १९ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । 

निगम सञ्चालक समितिको शुक्रबार बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । 

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ । 

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १।५९, डिजेलमा रु ३।५७ तथा हवाई इनधनमा रु ५।७० ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।


साभार ः काठमाडौं प्रेस

`
12 comments
पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट जाने कार्यक्रम स्..

काठमाडौं, जेठ १७ : नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गर..

13 घन्टा पहिले

प्रधानमन्त्रीद्वारा मधेश प्रदेश विभिन्न सडकको शिलान्य..

जनकपुरधाम ,जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्नुहुने भएक..

13 घन्टा पहिले

बजेटमा नयाँ के छ ?

काठमाडौँ ,जेठ १५ गते ।  आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र बिस्..

2 दिन पहिले

गणतान्त्रिक व्यवस्था विश्वका उत्कृष्ट व्यवस्था : मुख्य..

जनकपुरधाम ,जेठ १५ गते । १८ औँ गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेश सरकारले मधेश प्रदेशका १२ जना प्रेस स्वतन्त्रता..

2 दिन पहिले

जेलबाट निस्किए कांग्रेस नेता आलम

काठमाडाैं ,जेठ १४ गते । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्र..

3 दिन पहिले