जनकपुरधाममा जनकपुर साहित्य महोत्सव शुरु, गुरुदेव कामतलाई मरणोपरान्त सम्मान
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,माघ २४ गते । जनकपुरधाममा आज देखि छैँठौ संस्करणको जनकपुर साहित्य महोत्सव शुरु भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा शुरु भएको जनकपुर साहित्य महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गर्नु भएको हो ।
जनकपुरधामको राम मन्दिरमा रहेको राम वागमा शुरु भएको जनकपुर साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ । उद्घाटनमा मैथिली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिनु भएका स्वर्गीय गुरुदेव कामतलाई मरणोपरान्त उहाँका श्रीमती समुरवति कामतीलाई संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कारबाट मुख्यमन्त्री सिंहले सम्मानित गर्नु भयो ।
उक्त पुरस्कारमा १ लाख ५ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको छ । यसै गरि सोही कार्यक्रममा गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिनु भएर अहिले क्यान्सर रोगले पीडित भएर उपचारमान रहनु भएका अशोक दत्तलाई नव मिथिला फाउण्डेशनको तर्फबाट ५१ हजार सहयोग राशि संस्थाका संरक्षक एवं प्रतिनिधि सभाका सदस्य मनिष झाको तर्फबाट मुख्यमन्त्री सिंहले प्रदान गर्नु भयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सतिश कुमार सिंहले साहित्य महोत्सवले मिथिलाको साहित्य, सङ्गीत तथा संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउनमा छैटौँ संस्करण महत्वपूर्ण हुने बताउनु भयो ।
नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका सदस्यहरु दिपेन्द्र ठाकुर, रामसरोज यादव, रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मिथिला नाट्य कला परिषद्का पूर्व अध्यक्ष सुनिल मल्लिक, मैथिली साहित्य परिषद्का अध्यक्ष जीवनाथ चौधरी सहितका वक्ताहरूले बोल्नु भएको थियो । वीरगञ्ज स्थित महावाणिज्य दूतावासका दूत देवी सहाय मिना उपस्थित रहनु भएको थियो ।
महोत्सवमा विभिन्न विषयहरूमा संवाद, बहस, अन्तरक्रिया जस्ता कार्यक्रमहरू रहेको छ । यसका साथै सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहेको छ । महोत्सवको तीन दिनमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुने जानकारी आयोजक संस्थाले जनाएको छ ।
साभार ः रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
22 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
22 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले