Janakpurdham
Wed, Aug 05, 2026
`

‘मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २७ः जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताए।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैर्यता राख्नुपर्ने जिकिर गरे।

उनले भने, ‘राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन। प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास चाहियो। काम नै गर्न सकेन भन्ने बुझाइ छ। खोई प्रधानमन्त्री बनाउन सकेको, खोई संसद्लाई नियन्त्रण गर्न सकेको, खोई कानुन बनाउन सकेको? भन्ने प्रश्नहरु आउने गर्छन्। यसका लागि धैर्यता राख्नु आवश्यक छ। जुनसुकै नयाँ पार्टीले धैर्यता राख्नुपर्छ, नेतृत्व वर्गमा पनि धैर्यता चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री, मन्त्री बन्नका लागि आएका होइनौं, हामी विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ। त्यसमा समय लाग्छ। त्यो यत्तिकै रातारात हुनेकुरा होइन।’

साभार ः काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

6 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

6 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले