Janakpurdham
Thu, Apr 23, 2026
`

आर्थिक वृद्धि ४ प्रतिशत नै होला ?

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत हुने अनुमान गरेको छ । निषेधाज्ञा दुई साताभन्दा बढी लम्बिए यो अनुमान परिमार्जन हुने विभागका अधिकारीले जनाएका छन् ।

चालु आर्थिक वर्षको ८ महिनाका वास्तविक तथ्यांक र बाँकी ४ महिनाको अनुमानित तथ्यांकका आधारमा करिब ४ प्रतिशतको आर्थिक वृद्धि हुने विभागको अनुमान छ । ‘चालु मूल्यमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुगेको छ,’ विभागले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । ४२ खर्ब ६६ अर्ब रुपैयाँ नै मुलुकको अर्थतन्त्रको आकार हो । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब १४ अर्ब रुपैयाँ थियो ।

सरकारले दुई साताका लागि गरेको निषेधाज्ञा थप नलम्बिने, अवस्था सामान्य हुने र त्यसका आधारमा आर्थिक वृद्धि तथा अर्थतन्त्रको आकारको उक्त अनुमान पूरा हुने विभागको अनुमान छ । ‘हाल विश्वव्यापी देखिएको कोभिड–१९ को महामारीको असर न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ,’ विभागले भनेको छ । जसको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको पनि विभागले जनाएको छ ।

‘चालु आर्थिक वर्षको अनुमान तयार गर्दाको २ सातापछि कोभिड–१९ को नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलाप सामान्य किसिमले सञ्चालन हुने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ । तर कोभिडको असर विभागले विश्वास गरेभन्दा फरक हुने सम्भावना बढ्दै गएको छ । संक्रमण र मृत्यदर उच्च रहेकाले अझै धेरै ठाउँमा निषेधाज्ञा तथा लकडाउन सुरु हुने र सुरु भइसकेका स्थानमा पनि थप लम्बिने सम्भावना देखिन्छ । यसकारण विभागले प्रक्षेपण गरेअनुसारको आर्थिक वृद्धि पूरा हुने सम्भावना कम छ । गत वर्ष पनि चैतदेखि गरिएको लकडाउनका कारण आर्थिक वृद्धि माइनसमा गएको थियो । ‘गत आर्थिक वर्ष २०७६/७७ मा २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान छ,’ विभागको विज्ञप्तिमा भनिएको छ । गत वर्ष चैत ११ देखि देशभर लकडाउन गरिएको थियो । चालु आर्थिक वर्षमा वैशाख १६ बाट संक्रमण दर उच्च भएका जिल्लामा निषेधाज्ञा गरिएको छ । गत वर्ष जस्तो देशभर लकडाउन नगरिएकाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ऋणात्मकमा नजाने विभागका तथ्यांकशास्त्रीहरूको अनुमान छ ।

`
12 comments
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

20 घन्टा पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

20 घन्टा पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

2 दिन पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

2 दिन पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

3 दिन पहिले