Janakpurdham
Thu, Aug 06, 2026
`

उद्घाटन गर्ने क्रममा कसरी घाइते भएका थिए अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य ?

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

पोखरा,फागुन ३ गते । अर्थमन्त्री विष्णु पौडेलले पोखरा प्रदर्शनी केन्द्रमा आयोजित पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन स्विच थिचेर गरे । उद्घाटनमा अर्थमन्त्री पौडेलसहित पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरका मेयर धनराज आचार्य सहभागी थिए ।उद्घाटन गरेलगत्तै अर्थमन्त्री पाैडेल मञ्चतर्फ फर्किन लागेका थिए, तर उनलाई मेयर आचार्यले तानेर ल्याएर पोखरा भ्रमण वर्ष २०२५ लेखिएको ब्यानरसहितको बेलुन उडाउन लगाए ।

अर्थमन्त्रीलाई एउटा दिएर मेयर आचार्यले अर्को आफ्नो हातमा ल्याए । त्यतिबेलासम्म उद्घाटनका क्रममा बालेको ‘फायर वर्क्स’ बलिरहेको थियो । मेयरले ल्याएको बेलुन त्यही फायर वर्क्समाथि पर्न पुग्यो र बेलुन पड्कियो । आगोले फुटेको बेलुनका टुक्रा मेयर आचार्य र अर्थमन्त्री पौडेलको अनुहारमा परे । मेयर आचार्यले अत्तालिँदै तलतिर झरे ।

अर्थमन्त्री पौडेल भने दौड्दै स्टेजमा पुगे । त्यसपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगियो । मेयर आचार्यलाई फिस्टेल हस्पिटल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो । स्थानीय अस्पतालबाट दुवैलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।अर्थमन्त्रीको अनुहारमा सामान्य घाउ र मेयर आचार्यको गालामा चोट लागेको छ । प्रमुख अतिथि अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उपप्रधान एवं अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।


साभार ः नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

7 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

7 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले