Janakpurdham
Thu, Aug 06, 2026
`

जनकपुरधामको रामसागर क्याम्पसमै कर्मचारीहरुबीच कुटाकुट, दोषीमाथि कारबाहीको माग

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन १२ गते । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा एमबीएस परीक्षाको जिम्मेवारी हेरफेर गर्ने विषयमा विवाद भएपछि कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादवबीच कुटाकुट भएको हो । उनीहरु एकअर्कालाई मुक्का हानेपछि अन्य कर्मचारीहरु पनि मिसिएका थिए ।

कुटाकुटको क्रममा कर्मचारी सुरेन्द्रको टाउकोमा चोट लागेको छ । अन्यको अवस्था सामान्य रहेको छ । प्रहरी गरेपछि विवाद साम्य गरेको र एकजनालाई बढी चोट लागेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

क्याम्पस प्रमुख कर्णले एमबीएस शाखाका प्रमुख अभिराम रायलाई हटाएर अन्यलाई जिम्मेवारी दिने विषयमा विवाद भएपछि कर्मचारीहरु आपसमा कुटाकुट गरेको बुझिएको छ । सो विषयमा बुझ्न क्याम्पस प्रमुख कर्णसँग सम्पर्क गर्दा हुन सकेन । 

टाउकोमा चोट लागेर घाईते भएका सुरेन्द्र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष हुन् ।संगठनका उपाध्यक्ष यादव सहित का कर्मचारी र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि सांघातिक आक्रमण भएको भन्दै माओवादी मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले सो घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारवाहीको माग गरेका छन् ।

धनुषाका प्रहरी प्रमुख एसपी तिवारीले क्याम्पसमा के विषयमा विवाद भएको भन्ने थाहा नभएको र दुवै पक्षलाई राखेर विवाद समाधानको प्रयासमा लागेको जानकारी दिए ।


साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

7 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

7 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले