
धनुषामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरमै गाडेको अवस्थामा फेला
2 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,फागुन १७ गते । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ का एक पुरुषले श्रीमतीलाई हत्या गरेर घरमै गाडेको अवस्थामा शव फेला परेको छ ।स्थानीय हरेराम यादवकी ३० वर्षीया श्रीमती अंजलीदेवी यादवको शव घरमै गाडेको अवस्थामा फेला परेको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहले अंजलीको शव उत्खनन गरी पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको जानकारी दिए ।
उनका अनुसार अंजलीलाई उनकै श्रीमान हरेरामले हत्या गरेको खुलेको छ । हरेराम १० वर्षीया छोरीलाई लिएर फरार भएका छन् ।
हरेरामले श्रीमतीको हत्या कहिले गरेको खुलेको छैन् । घरमा गाडेको शव गन्हाउन थालेपछि स्थानीले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थलमा प्रहरी पुगेर शव उत्खनन गरेको बुझिएको छ ।
साभार : नेपाल प्रेस

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
14 घन्टा पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
2 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
2 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
3 दिन पहिले
पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन
काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..
3 दिन पहिले