
जनकपुरधाममा प्रादेशिक ललितकला प्रदर्शनी शुरु
2 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,फागुन २० गते । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा आज देखि जनकपुरधाममा मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८१ शुरु भएको छ ।
मैथिली विकास कोषको भवनमा शुरु भएको प्रादेशिक ललित कला प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले गर्नुभएको हो ।
पाँच दिनसम्म लग्ने सो प्रदर्शनीमा मिथिला लोककला, बहुआयामिक विधाका चित्रकला, समसामयिक चित्र कला, परम्परागत चित्र कला र हस्तकलाका सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले यस्ता प्रकारको चित्रकला प्रदर्शनीले कलाकारको मनोबल उच्च हुनुका साथै चित्रकलाको व्यापार प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले चित्रकलाले माध्यमले कलाकारले दिने सन्देश निक्कै गहिरो हुने बताउनुभयो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले यस अघि ६ वटा प्रदेशमा नै चित्रकला प्रदर्शनी गरिसकेको बताउँदै यसमा उत्कृष्ट हुने प्रत्येक विधाका एक वाट चित्रकला छनौट भएर राष्ट्रिय स्तरको प्रदर्शनीमा समावेश हुने बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले बहु संस्कृति तथा बहुलवादी देश भएकाले यस ठाउँमा मिथिला चित्रकलाको सङ्ग्रहालयको आवश्यकता महसुस गरिएको बेलामा जनकपुरधाममा सङ्ग्रहालय खुल्नु निक्कै सुखद क्षण भएको बताउनुभयो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ चित्रकार उमाशङ्कर साह, प्रदर्शनीका संयोजक रुवी पाठक, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका अरुण हिमांङ्ग सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मूर्तिकला तर्फ योगेन्द्र पण्डित, हस्तकला तर्फ हिरा कर्ण, गोबरबाट चित्र कला बनाउने अमरेन्द्र ठाकुर र लोककला तर्फ रेणु कर्ण र सुनिता कर्णलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।
साभार : रेडियो नेपाल

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
14 घन्टा पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
2 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
2 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
3 दिन पहिले
पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन
काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..
3 दिन पहिले