Janakpurdham
Fri, May 09, 2025
`

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः झलनाथ खनाल

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, फागुन २० :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। 

आज प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पारे।

तर उनले महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने बताए।

'तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ । जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ । यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,' खनालले भने।

पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गरे।

'संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन। यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो,' खनालले भने।

खनालले वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको आरोप लगाए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..

15 घन्टा पहिले

भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..

काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..

2 दिन पहिले

‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..

जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..

2 दिन पहिले

बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..

जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..

3 दिन पहिले

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..

3 दिन पहिले