Janakpurdham
Sun, Mar 22, 2026
`

पोल्ट्रीजन्य पदार्थ आयातमा कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमा नाकाहरूबाट अवैध रुपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा कडाइ गर्न उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । 

मुख्यमन्त्री सिंहले विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीलाई आज निर्देशन दिनुभएको हो । 

उहाँले सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यवसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका वर्ड फ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएपछि सो निर्देशन दिनुभएको हो । 

मधेश भवनस्थित मुख्यमन्त्री निवासमा भेट गर्दै कुखुरापालक व्यवसायीहरूले देशको कूल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग मुख्यमन्त्री सिंहसँग गरेका थिए । 

मुख्यमन्त्री सिंहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्री वितरणमा साना पूँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने जोड दिनुभयो । 

मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी महानिरीक्षक लालमणि आचार्यले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न पहिलो चरणमा चेतनामूलक प्रचारप्रसार गरिने र दोस्रो चरणमा कानूनअनुसार त्यस्ता वस्तु नियन्त्रणमा लिएर नष्ट गरिने जानकारी दिनुभयो ।  

सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले विभिन्न नाकाबाट अवैध ढंगले भित्रिने पोल्ट्रीजन्य पदार्थको नियन्त्रणमा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी लगायत सुरक्षा निकायले निरन्तर काम गरिरहेको भन्दै अब उपरान्त त्यस काममा थप तीव्रता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

नेपालको पोल्ट्री व्यवसायमा एक खर्ब ६० अर्ब लगानी रहेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

20 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

20 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले