Janakpurdham
Fri, May 09, 2025
`

पोल्ट्रीजन्य पदार्थ आयातमा कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमा नाकाहरूबाट अवैध रुपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा कडाइ गर्न उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । 

मुख्यमन्त्री सिंहले विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीलाई आज निर्देशन दिनुभएको हो । 

उहाँले सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यवसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका वर्ड फ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएपछि सो निर्देशन दिनुभएको हो । 

मधेश भवनस्थित मुख्यमन्त्री निवासमा भेट गर्दै कुखुरापालक व्यवसायीहरूले देशको कूल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग मुख्यमन्त्री सिंहसँग गरेका थिए । 

मुख्यमन्त्री सिंहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्री वितरणमा साना पूँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने जोड दिनुभयो । 

मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी महानिरीक्षक लालमणि आचार्यले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न पहिलो चरणमा चेतनामूलक प्रचारप्रसार गरिने र दोस्रो चरणमा कानूनअनुसार त्यस्ता वस्तु नियन्त्रणमा लिएर नष्ट गरिने जानकारी दिनुभयो ।  

सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले विभिन्न नाकाबाट अवैध ढंगले भित्रिने पोल्ट्रीजन्य पदार्थको नियन्त्रणमा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी लगायत सुरक्षा निकायले निरन्तर काम गरिरहेको भन्दै अब उपरान्त त्यस काममा थप तीव्रता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

नेपालको पोल्ट्री व्यवसायमा एक खर्ब ६० अर्ब लगानी रहेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..

14 घन्टा पहिले

भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..

काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..

2 दिन पहिले

‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..

जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..

2 दिन पहिले

बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..

जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..

3 दिन पहिले

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..

3 दिन पहिले