नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन २३ गते । नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमामा आज देखि हेल्पडेस्क सञ्चालन गरिएको छ।हेल्प डेस्क नेपाल तर्फ पर्ने 11 बासामा संचालन गर्ने क्लोथ बैंक को कार्यालय सचिव कृष्ण कुमार साहले बताउनु भयो
आजको कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झा को संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुर को विशेष उपस्थिति रहेको थियो। सिअहेब दिलीप मिश्र सहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झा ले मिथिला मध्यमा परिक्रमा को उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पार्नु भएको थियो।
संस्थाद्वारा प्रत्येक बर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग,पानी,गुमसुदाहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराईदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइ रहेको छ संस्थाको प्रबक्ता संचारकर्मी प्रमोद कुमार साहले बताउनु भएको छ।
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
18 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
18 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले