Janakpurdham
Fri, May 09, 2025
`

मधेश प्रदेशबाट ८८ हजार विद्यार्थी एसइइमा सहभागी हुँदै

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन २६ गते । अगामी चैत्र ७ गतेबाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई पूर्ण रुपमा मर्यादित बनाउने निर्णय भएको छ । 

प्रदेश परीक्षा समन्वय तथा व्यवस्थापन समिति मधेश प्रदेशको आयोजनामा आज जनकपुरधाममा बसेको बैठकले एसइई परीक्षालाई पूर्ण रुपमा मर्यादित बनाउने र परीक्षा सञ्चालनका लागि संघ सरकारले जारी गरेको निर्देशिकालाई पूर्ण रुपमा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा भएको बैठकबाट एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि बनेको निर्देशिकालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै कसैले परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको पाइए तत्काल कारबाही गर्ने निर्णय भएको छ । 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एसइई परीक्षालाई मर्यादित बनाउन परीक्षासँग सरोकार भएका सबै निकाय तथा प्रदेशवासीमा आग्रह गर्नुभएको छ । मर्यादित परीक्षाले प्रदेशमा पढ्ने तथा पढाउने वातावरणको निर्माण हुने मुख्यमन्त्रीले बताउनुभयो । कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पनि बोल्नुभएको थियो । 

मधेश प्रदेशबाट यस पटक ८८ हजार ८ सय ५८ जना विद्यार्थीहरू सहभागी हुँदै छन् । 


साभार : रेडियो नेपाल

`
12 comments
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..

14 घन्टा पहिले

भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..

काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..

2 दिन पहिले

‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..

जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..

2 दिन पहिले

बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..

जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..

3 दिन पहिले

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..

3 दिन पहिले