Janakpurdham
Sun, Jul 13, 2025
`

‘वर्तमान सरकार आएर जनतामा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन’

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पट्टकै चित्त बुझाउन नसकिने बताए। 

‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरु आक्रोसित पनि छन् । यो आक्रोसलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने कुरा म पनि मान्छु। ती जनताहरुको कुरा सुन्नु पर्छ र उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु,’ उनले  भने, ‘तर उनीहरू किन रिसाएका छन् भन्ने कुरामा अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आए त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिँदैन।’

सांसद थापाले प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो तर समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरि प्रश्न नगर्न आग्रह गरे। 

‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, गर्नै पर्छ तर हामीले यसरी व्याख्या गर्छौ कि यो समस्या होईन संकट हो। गयो, गयो डुब्यो सक्यो, भत्कियो, म हुदाँ ठिक थियो, क नहुदाँ सकियो,’ उनले भने।

म भन्दा राम्रो कोही छैन, म र मेरो समुह बाहेक बाँकी रहेको मानिसहरु सब खतम, सब भ्रष्ट र अयोग्य हुन् भन्ने प्रवृत्ति छोड्नु पर्ने पनि उनले बताए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

18 घन्टा पहिले

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पता..

झापा, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने ब..

18 घन्टा पहिले

खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्र..

ललितपुर, असार २६ : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय ..

2 दिन पहिले

निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गर..

काठमाडौं, असार २६ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन..

2 दिन पहिले

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्ले..

जनकपुरधाम ,असार २५ गते । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख र..

4 दिन पहिले