चैत्र ९ गतेबाट राजर्षि जनक टि–२० क्रिकेट प्रतियोगिता हुने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत ६ गते । युवाहरूलाई लागु पदार्थको बढ्दो प्रभावबाट जोगाउन तथा शारीरिक एवं मानसिक विकासका लागि जनकपुरधाममा राजर्षि जनक क्याम्पस टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
राजर्षि जनक क्याम्पसको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजन एवं जनकपुर पेस फाउण्डेशनको सहयोगमा प्रतियोगिता हुन लागेको जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । खेलहरू सबै जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा चैत्र ९ गतेबाट हुने छन् ।
लीग फरमेटमा हुने सो प्रतियोगितामा जनकपुरधामको राजर्षि जनक, गुगल प्रसाद बसहीया, राराव क्याम्पस, जनकपुर कम्युनिटी कलेज, मिट क्याम्पस तथा मोनाष्टिक कलेजका विद्यार्थीहरू सहभागी हुने नेपाल क्रिकेट संघ धनुषाका जिल्ला सचिव आशिष झाले जानकारी दिनुभयो ।
१३ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीहरू भाग लिएर खेल्न पाउने छन् ।
करिब ९ लाख खर्च हुने प्रतियोगितामा विजयी हुने टिमलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने भएको आयोजकले जनाएको छ ।
साभार : रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
18 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
18 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले