मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,चैत १२ गते । मङ्गलवार बिहान ११ बजे बस्ने भनिएको मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेशसभामा सत्तापक्ष र विपक्षी दलबीच उत्पन्न विवादको समाधान खोज्न आज बिहान बसेको सर्वदलीय बैठकमा दलहरूका बीचमा सहमति नभएपछि अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मधेश प्रदेश सभामा रहेका विपक्षी दल नेकपा माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि लगाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटि सहितको विषयमा छानबिनको माग गर्दै बैठक नै अवरुद्ध बनाएका थिए ।
विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह तथा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश सरकार माथि विभिन्न योजनाहरू माथि अनियमितता गरिरहेको भन्दै छानबिनका लागि समितिको गठनको माग गरेका थिए ।
नेकपा एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बैठकमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको जानकारी दिनु भयो । उहाँले विपक्षीले उठाएको मुद्दामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु पर्ने र त्यसपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने धारणा राख्नु भयो ।
मुख्यमन्त्री सतिशकुमार सिंहले पनि प्रदेश सभामा विपक्षीहरूले लगाएको आरोपको जवाफ दिने अवसर दिनुपर्ने र त्यसपछि मात्र छानबिन समिति गठन गर्न आफूहरू तयार रहेको नेकपा एमालेका संसदीय दलका नेता यादवले बताउनु भयो ।
आज बिहान मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा सत्तारुढ दल तथा विपक्षी दलहरूको सहभागितामा भएको बैठकमा पनि कुनै ठोस निर्णय नभएपछि बैठक अवरुद्ध भएका थिए । विपक्षी तथा सत्तारुढ दल आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्ष विहीन बनेका छन् ।
बैठकमा प्रदेश सभामा रहेका अधिकांश दलका नेता तथा प्रमुख सचेतकहरू सहभागी रहनु भएका थिए ।
साभार : रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
16 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
16 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले