कसैले रहर गर्दैमा गणतन्त्र हट्दैन: देउवा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नजाने बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा उक्त भनाई राखेका हुन् ।
कार्यक्रममा देउवाले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं। जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन । गणतन्त्र हट्नेवाला छैन । कसैले आशा नगरे हुन्छ ।’
साथै, देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको बताउँदै यस्तो व्यवस्था हट्न नसक्ने भनाई पनि राखे ।
देउवाले बीपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोटसहित आन्दोलन अघि बढाएको र आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था ल्याएको भनाई समेत राखे ।
लडेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएको बताउँदै देउवाले भने, ‘कसैले रहर गरेर हुने कुरा छैन।’
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
4 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
4 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले