विश्व शान्ति तथा मानव कल्याणका लागि जनकपुरधाममा महायज्ञ सम्पन्न
12 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १५ गते । विश्वशान्ति तथा मानव कल्याणका लागि जनकपुरधाममा नौ दिवसीय श्रीसीताराम नाम जप महायज्ञ आज सम्पन्न भएको छ ।
जनकपुरधामको वेङ्गाशिवपुरमा रहेको ५२ बिघामा सम्पन्न भएको महायज्ञमा ४ करोड रकम खर्च भएको छ । चैत्र ५ गतेबाट शुरु भएर १४ गतेसम्म चलेका महायज्ञमा सहभागी भएका कीर्तन मण्डलीहरूलाई आज दक्षिणा प्रदान गरेर विदाई गरिएको छ ।
श्रीसीताराम नाम जप महायज्ञमा ३ हजार ५ सय कीर्तनीया सहभागी रहनु भएको थियो । आज १२ बजेसम्म अष्टजाम सम्पन्न भएको छ । यसका साथै रामार्चा पूँजा, लखराम पूँजा सहितका अनुष्ठानहरू भएको जनकपुरधामको वडा नंं १६ का वडाध्यक्ष एवं भक्त रामचन्द्र पञ्जियारले जानकारी दिनु भएको हो ।
सो ठाउँमा गत पुस २ गते देखि नै अखण्ड कीर्तनको पनि आयोजना गरिएको थियो । भारतको सीतामढी पुनौराधामका सन्त बाबा राघवेन्द्र दासको अगुवाइमा भएको महायज्ञमा लाखौँ भक्तजनहरू सहभागी भएका थिए । महायज्ञ समितिका संयोजक मुकेश यादवको अग्रसरतामा महायज्ञ भएका थिए ।
महायज्ञ समापन कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश सभाका सदस्य रमिता प्रधानले धार्मिक सहिष्णुता तथा सद्भाव मार्फत पनि देशको समृद्धि र विकास गर्ने धेरै उदाहरणहरू रहेको बताउनु भयो ।
साभार : रेडियो नेपाल
महायज्ञको समापन कार्यक्रममा बोल्दै बाबा राघवेन्द्रले मानव कल्याण तथा विश्व शान्तिका लागि आयोजना गरिएको महायज्ञले विश्वमा शान्ति, स्थिरता मानवको रक्षा हुने विश्वास व्यक्त गर्नु भयो । यज्ञले जनतालाई जगाउने काम गर्ने भएकाले महायज्ञ माता सीताको जन्म भूमिमा गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
16 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
16 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले