बालेन काटे पूर्वराजालाई ७ लाख ९३ हजार जरिबानाका लागि पत्र
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत १६ : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख जरिबानो तिर्न भन्दै पत्र काटेको छ।
शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले पूर्वराजालाई ७ लाख ९३ हजार जरिवाना तिर्न पत्र लेखेको हो।
महानगरले विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोक्ने निर्णय गरेको छ।
राजावादीको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो।
महानगरले क्षतिपूर्ति भराउने प्रयोजनका लागि पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिबानाको सजाय गरेको हो। आन्दोलनको क्रममा पत्रकार र प्रदर्शनकारीसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
4 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
4 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले