नेपाली कांग्रेस कमला नगरपालिका-९ को पार्टी कार्यालय उद्घाटन तथा वडा सम्मेलन सम्पन्न
12 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १७ गते । नेपाली कांग्रेस कमला नगरपालिका वडा नं. ९ को पार्टी कार्यालय उद्घाटन तथा संगठन विस्तार वडा सम्मेलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वडा सभापति राजा राम मण्डल गर्नुभएको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति नबिन कुमार गोहिवार रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा कमला नगरपालिकाका पूर्व नगर प्रमुख एवं जिल्ला सदस्य राम उदगार गोईत, नेपाल शिक्षक संघ मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष रामकृष्ण मंडल , क्षेत्रीय सचिव महेश कुमार गोईत, सहसचिव धर्मनाथ मंडल, क्षेत्रीय सदस्य सत्य नारायण यादव, राम सौगारथ मंडल, प्रदेश सभा २(१) का उपसभापति बिरेन्द्र प्रसाद यादव, सचिव मनोहर ठाकुर, सदस्य राम नगिना साह, कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मन्डल, कमला न.पा. सभापति शिव शंकर यादव, सचिव त्रिभुवन यादव लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, आगामी रणनीति, स्थानीय विकास तथा जनसमस्याका विषयमा विस्तृत छलफल गरिएको थियो। उपस्थित अतिथिहरूले पार्टी संगठनलाई अझ सशक्त बनाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए। यसै अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशी कार्यकर्ताहरूलाई पार्टी नेताहरूले स्वागत गर्दै नेपाली कांग्रेसको विचारधारा तथा संगठन सुदृढीकरणका लागि उनीहरूको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
16 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
16 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले