Janakpurdham
Sun, Mar 22, 2026
`

विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा पुरस्कार घोषणा

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम  ,चैत १९ गते । मैथिली भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा विशिष्ट योगदान दिएका संस्था र व्यक्तिलाई वार्षिक रुपमा विद्यापति पुरस्कार कोषले प्रदान गर्दै आएको पाँच विधाको पुरस्कार दिने घोषणा गरेको छ ।

यस पटक २०८० तथा २०८१ को पुरस्कार विभिन्न व्यक्तित्व एवं संस्थालाई प्रदान गर्ने घोषणा गरेको कोषका अध्यक्ष रामबाबु चौधरी र सदस्य सचिव ध्रुव कुमार मण्डल अमातले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । 

कोषले वर्षेनी रुपमा प्रदान गर्दै आएको २ लाख धन राशिको नेपाल विद्यापति भाषा साहित्य पुरस्कार २०८० वाट मैथिली विकास कोष जनकपुरधाम र २०८१ को पुरस्कार प्राध्यापक भोलानाथ झालाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको रकम सहित सम्मानपत्र रहेको छ । 

यसै गरि १ लाख धन राशिको नेपाल विद्यापति भाषा संस्कृति पुरस्कार २०८० वाट राम कुमार मण्डल र २०८१ वाट दिपा मिथिला आर्ट ग्यालरीलाई प्रदान गरिने भएको छ । कोषले प्रदान गर्दै आएको १ लाखको नेपाल विद्यापति अनुसन्धान पुरस्कार २०८० वाट विनोद कुमार यादव र २०८१ वाट माला कुमारी कर्णलाई प्रदान गर्ने भएको छ । 

यसै गरि १ लाखकै नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार २०८० वाट साहित्यकार उपप्राध्यापक श्याम सुन्दर शशी र २०८१ वाट शतकवि काशीकान्त झालाई प्रदान गर्ने भएको छ । कोषले १ लाख धन राशिकै नेपाल विद्यापति अनुवाद पुरस्कार २०८० वाट विद्याधर झा र २०८१ वाट पत्रकार एवं साहित्यकार श्यामसुन्दर यादवलाई सम्मानित गर्ने निर्णय गरेको छ । 

सबै जनालाई नेपाल विद्यापति पुरस्कार चयन समिति तथा कोषका सञ्चालक परिषद्को विभिन्न मितिमा गरेको निर्णय अनुसार चयन गरेर पुरस्कृत गरिने भएको विद्यापति पुरस्कार कोषले जनाएको छ ।    

साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

16 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

16 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले