Janakpurdham
Sun, Mar 22, 2026
`

मिथिलाञ्चलसहित तराई मधेशमा चैते छठ आजदेखि शुरु

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत २० गते । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा गृष्मकालीन चैते छठ शुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन देखि चार दिनसम्म विभिन्न नियम निष्ठापूर्वक मनाइने चैते छठ मनाउनेको सङ्ख्या वार्षिक रुपमा वृद्धि हुन थालेको छ ।

वर्षको दुई पटक छठ मनाउने चलन रहेको छ । चैते छठ शुरुको समयमा थोरै व्यक्तिले मनाए पनि पछिल्लो केही वर्ष यता चैते छठ मनाउनेको सङ्ख्यामा निक्कै वृद्धि हुन थालेको छ । चैते छठ अन्तर्गत आज ब्रतिले खरना विधि गरिरहेका छन् ।

यस पटक चैत्र शुक्लपक्ष चतुर्थी र पञ्चमी तिथि आजै परेकाले साँझ खरना विधि रहेको छ । आज दिन भरि निराहार बसेर ब्रतिले साँझ स्नान गरेर आफैले बनाएको सख्खरको खीर, पुरी वा खीर तथा रोटी, केला, मिष्ठान्न सहितका प्रसाद सामाग्रीहरू छठी मैयालाई अर्पण गरेर प्रसादको रुपमा वितरण गरि नुन रहित खाने चलन रहेको छ जसलाई स्थानीय भाषामा खरना विधि भनिन्छ ।

भोली षष्ठी तिथिका दिन अस्ताउँदो तथा सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई गरेर दुई पटक अर्घ दिएपछि पर्वको समापन गर्ने चलन रहेको छ । सोही दिन ब्रतिले करिब ४२ घण्टाको निर्जला उपवास पछि परना अर्थात् खाना खाने चलन रहेको छ ।

कार्तिक महिनाको शरद ऋतुमा मनाइएको छठ जस्तै चैत्र महिनाको छठमा प्रसाद सामाग्रीहरू छठी मैयालाई अर्पण गर्ने चलन रहेको छ । छठमा ठेकुवा, भुसवा, खजुर, केला, उखु, नरिवल, अदुवा, बेसार, मिष्ठान्न तथा फलफूलहरू प्रसादको रुपमा छठी मैयालाई अर्पण गर्ने चलन रहेको छ ।

यसमा माटोको ढक्कन, कुरुवा, कोसियार, सर्वा तथा बाँसले बनेको डगरा, टपरी, डगरी सहितका सामाग्रीहरूमा प्रसाद राखेर भगवान् सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

16 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

16 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले