Janakpurdham
Sun, Mar 22, 2026
`

मुख्यमन्त्रीद्वारा खोला क्षेत्रको अनुगमन, टिपर र लोडर नियन्त्रणमा

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,  चैत्र २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको जलाद खोला वन क्षेत्रको नदिमा स्थलगत अनुगमन गर्दा नियम विपरीत अवैध रुपमा बालुवा ढुङ्गा उत्खनन् गरेको पाइएपछि मुख्यमन्त्रीको आदेशमा प्रहरीले केही टिपर र लोडर नियन्त्रण लिएको छ ।  

धनुषाको मिथिला नगरपालिकामा रहेको सो खोलाबाट नगरपालिकाले वातावरणीय प्रभावको मूल्याङ्कन गरेर उत्खनन्का लागि स्वीकृति दिएको सूचनाको आधारमा मुख्यमन्त्री सिंह आफैले अनुगमनका लागि पुगेपछि ६ वटा टिपर र २ वटा लोडर नियन्त्रणमा लिन आदेश दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

वन क्षेत्रमा प्रदेश वन मन्त्रालयको वातावरणीय प्रभावको मूल्याङ्कन गरेपछि सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयबाट उत्खनन्का लागि स्वीकृति दिने कानूनी प्रावधान विपरीत नगरपालिकाले उत्खनन्का लागि आदेश दिएको भन्दै अनुगमनका लागि मुख्यमन्त्री पुग्नु भएको थियो । 

अनुगमनको क्रममा वन ऐनको उल्लङ्घन पाइएकाले मुख्यमन्त्रीको आदेशमा पक्राउ परेका सबै टिपर र लोडर ईलाका प्रहरी कार्यालय ढल्केवरमा राख्ने काम भएको छ ।   

ठेकेदारलाई आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले जानकारी दिनु भएको छ । 

 

साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

14 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

14 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले