Janakpurdham
Wed, Aug 05, 2026
`

लोसपा मधेश प्रदेशको संसदीय दलका नेतामा जैनुल राईन

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत २५ गते ।  लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेतामा जयनुल राईन चयन हुनु भएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले उहाँलाई संसदीय दलको नेताको जिम्मेवारी दिनु भएको हो । सोमबार अध्यक्ष ठाकुरले हस्ताक्षर गर्नु भएको पत्र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पठाउँदै राईनलाई पार्टीको संसदीय दलका नेता बनाउनु भएको जानकारी गराइएको हो ।

यसअघि लोसपा संसदीय दलका नेता रहनु भएका अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले मधेस आन्दोलनको क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विक हत्या काण्डमा दोषी ठहर गरेपछि शर्मालाई प्रदेशसभाले गत वैशाख २१ गते बर्खास्त गरेको थियो ।

करिब १ वर्षसम्म लोसपा संसदीय दलका नेताको पद रिक्त रहेका थिए । महोत्तरीबाट दुई पटक पार्टीबाट निर्वाचित हुनु भएका राईन मुस्लिम समुदायका अगुवा नेता पनि रहनु भएको छ । सभामुख मण्डललाई मधेश प्रदेशका सभामुख मण्डललाई आफ्नै कार्यकक्षमा स्वागत गर्नु भएको थियो ।  


साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

3 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले