Janakpurdham
Sun, Mar 22, 2026
`

प्रहरी तथा निजामती ऐन चाँडो ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत २६ गते । प्रधानमन्त्रीले केपी शर्मा ओलीसँग विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले भेटघाट गरेर मधेश प्रदेशले उठाउँदै आएका माग शीघ्र सम्बोधन गर्नु माग गर्नुभएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, सभामुख रामचन्द्र मण्डल सहितका अन्य दलका नेताहरूले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार भएकाले प्रहरी तथा निजामती ऐन चाँडो ल्याइदिन आग्रह गर्नुभयो ।

यसका साथै मधेशको वन तथा वातावरणमा थप प्रभाव पार्ने गरी ल्याइएको भूमिसम्बन्धी अध्यादेशमा रहेका त्रुटिबारे पनि उहाँहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

मधेश प्रदेश सरकारलाई दिइँदै आएको बजेट न्युन भएको विषयमा पनि ध्यानाकर्षण गराइएको मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनुभयो । 

आफूहरूले प्रधानमन्त्रीलाई जानकारी दिएको विषयमा उहाँ पूर्ण जानकार भए पनि माग सम्बोधनमा ढिलाइ भएकाले सङ्घीयताको कार्यान्वयनमा पनि समस्या भइरहेको नेताहरूले बताउनुभयो । 


साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

14 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

14 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले