‘उत्तर प्रदेशका मुख्यमन्त्री सँगको भेट जनकपुरधामको पर्यटन प्रवर्द्धनमा केन्द्रित’
12 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,चैत २७ गते । मधेश प्रदेश सभामा प्रमुख प्रतिपक्षी सहित अन्य दलहरूले प्रदेश सभामा गर्दै आएको अवरोध मुख्यमन्त्री सतिश अन्य मन्त्रीहरूले प्रदेश सभाको आज बसेको बैठकमा जवाफ दिएपछि प्रदेश सभाको गतिरोध अन्त्य भएको छ ।
प्रदेश सभामा जवाफ दिँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो उत्तर प्रदेशको भ्रमण व्यक्तिगत एवं पारिवारिक भएको बताउनुभएको छ । उहाँले आफू आफन्त भेट्नका लागि कपिलवस्तु गएको बेलामा केही मिनटको दूरीमा भारतको उत्तर प्रदेशको भूगोलमा पर्ने एक मन्दिरको उद्घाटनमा आउनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट भएको र त्यस क्रममा जनकपुरधामको धार्मिक विकासका विषयमा कुरा भएको बताउनुभयो ।
मुख्यमन्त्रीले जनकपुरधामलाई अयोध्यासँग जोडेर जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग आदानप्रदान गर्ने विषयमा कुरा भएको बताउनुभयो ।
अयोध्यामा दर्शनका लागि आउने १३ करोड पर्यटकमध्ये १५.२० प्रतिशत पर्यटक जनकपुरधाम ल्याउने विषयमा कुरा भएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।
यस अघि मधेश प्रदेश सभामा अर्थ मन्त्रालयसँग उठेको विषयमा अर्थमन्त्री सुनिल यादवले जवाफ दिनुभएको थियो भने भौतिक पूर्वाधार विकास मन्त्रालयको विषयमा उठेको जिज्ञासा तथा आरोपको विषयमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जवाफ दिनुभएको थियो ।
साभार : रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
14 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
14 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले