Janakpurdham
Sun, Mar 22, 2026
`

न्यायपालिकामा रहेका विकृति र बेथिति हटाउन लागि पर्नेछु : बार अध्यक्ष मिश्र

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत २८ : नेपाल बार एशोसियशनको नवनिर्बाचित अध्यक्ष विजय प्रसाद मिश्रले न्यायपालिकामा रहेका विकृति र व्यथिति हटाउनका लागि लागिपर्ने बताएका छन्।

भारी मतसहित बार निर्वाचन जितेका मिश्रले न्यायपालिकालाई स्वच्छ बनाउन भूमिका खेल्न नवनिर्वाचित कार्यसमितिले कार्य गर्ने भनाई पनि राखे।

नेपाल बार एसोसिएसनका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दै भारी मतान्तरले जित हासिल गरेका थिए।

मिश्रका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए। 

नवनिर्वाचित अध्यक्ष मिश्रले भने, ‘चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँछु। नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ। बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टिम नै लागिपर्ने छौँ।’ मिश्रले संविधान संशोधन, न्यायपालिकाको सुधार, न्यायपरिषद् संरचनाको सुधार, न्यायपरिषद्को कार्यपद्धतिमा सुधार योजना रहेको पनि बताए। 

मिश्रले अगाडि भने, ‘न्यायपालिकामा रहेका विकृति, विसंगति हटाउनको आवश्यक कार्य गर्नेछौं। न्यायपालिकामा देखिएका समस्या सुधार गर्नको लागि हामी लाग्नेछौँ। स्वतन्त्र न्यायपालिकालाई वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने छौं।’ साथै, मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउने प्रतिबद्धता समेत उनले जनाएका छन्।

बारका सातवटा उपाध्यक्षमा मिश्र प्यानलकै उम्मेदवार विजयी भएका छन्। कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्षमा निर्वाचित भए। महासचिवमा मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित भए।

कोषाध्यक्षमा पनि मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भएका छन्। सबै पदमा कांग्रेस एमाले निकट कानुनव्यवसायी गठबन्धनले जित निकालेको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

14 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

14 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले