वैदेशिक रोजगारीलाई सुरक्षित तथा प्रतिफलमुखी बनाउनुपर्नेमा जोड
12 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,चैत २८ गते । वैदेशिक रोजगारीलाई भरपर्दो, विश्वसनीय एवं परिणाममुखी बनाउनेतर्फ सम्बद्ध सबै पक्षहरू गम्भीर हुनुपर्नेमा जोड दिइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना तथा प्राविधिक अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा आज जनकपुरधाममा सम्पन्न मधेश प्रदेशस्तरीय छलफल तथा परामर्श कार्यक्रमका सहभागीहरूले मधेश प्रदेशबाट अहिले धेरै सङ्ख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा गए पनि प्रतिफल अन्य प्रदेशको तुलनामा कम रहेकाले सीप दिएर कामदारलाई पठाउने र जाने अवस्थाको निर्माणतर्फ सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो ।
अहिले १ लाख २० हजार विद्यार्थीहरू अध्ययनका लागि विदेश गएको छ भने विदेशमा भएका आफन्तलाई भेट्नका लागि जानेको सङ्ख्या १ लाख ६७ हजार रहेको श्रम मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगारीका १६ लाख श्रमिकहरू विभिन्न मुलुकमा हवाई मार्गबाट गएको तथ्याङ्क रहेको मन्त्रालयका शाखा अधिकृत पुष्पा झाले जानकारी दिनुभयो । विदेश जाने मध्ये १२ लाख ५० हजार स्वदेश फर्किए पनि बाँकी नफर्किनु चिन्ताको विषय रहेको छ ।
वैदेशिक रोजगारीबाट वर्षेनी रुपमा १८ देखि २० खर्ब रेमिट्यान्स भित्रिने गरेको छ । कूल जिडिपीमा वैदेशिक रोजगारीको योगदान २६.३ प्रतिशत रहेको छ ।
वैदेशिक रोजगारीमा जाने मध्ये मधेश प्रदेशको हिस्सा २३.६ प्रतिशत रहेको छ । मधेश प्रदेशबाट १ लाख ८० हजार ८ सय ७६ जनाले रोजगार अनुमति लिएर रोजगारीमा गएको तथ्याङ्क छ ।
यसैगकरी महिला श्रमिकहरू पनि १८ हजार ८ सय ६१ जनाले श्रम स्वीकृति लिएका छन् । मधेश प्रदेशका १० जिल्लाका नागरिकहरू धेरै सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका छन् ।
मधेश प्रदेशका ५ जिल्लाबाट धेरै सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये सबैभन्दा बढी धनुषा जिल्लाबाट र सबैभन्दा कम पर्सा जिल्लाबाट वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सङ्ख्यात्मक रुपमा मधेश प्रदेशबाट ठूलो सङ्ख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा गएको पाइए पनि रेमिट्यान्सको प्रतिशत भने कम रहेको छ ।
मधेश प्रदेशले कूल रेमिट्यान्स मध्ये १३.३ प्रतिशतले योगदान गरेको छ । मधेश प्रदेशबाट जाने श्रमिकले वर्षका २ लाख १० हजार २ सय ७५ रुपैयाँ सरदर रुपमा पठाउने गरेका छन् भने कोशी र गण्डकी प्रदेशका श्रमिकले ४ लाखभन्दा बढी रेमिट्यान्स भित्र्याउने गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीको नाममा ठगी तथा प्रलोभनमा परेर कम पढेलेखेको व्यक्ति मात्र नभई पढे लेखेका र सबै विषयका जानकार व्यक्तिहरू पनि पर्ने गरेका छन् ।
वैदेशिक रोजगारीलाई प्रतिफल एवं परिणाममुखी बनाउनका लागि थप सतर्कता अपनाउनेतर्फ सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।
साभार : रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
14 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
14 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले