यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बारा, चैत ३० : गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन्।
शनिबार सिमरामा भएको तराई यातायात व्यवसायी संघको १८औँ वार्षिक साधारण सभामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताए।
उनले कृषि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरतालगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताए।
‘सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती, यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झन्झटलगायतका धेरै समस्या र सवालहरु छन्,’ मन्त्री लेखकले भने, ‘तपाईंहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ।’
यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाइ थियो।
यातायात व्यवसायीहरुले भाडादरमा पारदर्शिता अभाव, सेवाको गुणस्तरमा कमी, यात्रु सुरक्षामा लापरवाही, हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ,’ उनले भने।
गृहमन्त्री लेखकले आफू २०६३ सालदेखि कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए ।
साभार ः काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
3 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले