
नयाँ वर्षसँगै मिथिलामा भोली जुडशीतल पर्व मनाइने
6 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,बैशाख १ गते । नयाँ वर्षका दिन आज मिथिलाका घर घरमा खानाका विभिन्न परिकारहरू तयार पारेर खाने चलन रहेको छ । यस दिन मुरिंगाको तरकारी अनिवार्य रुपमा खाने चलन रहेको छ । यसका साथै तरुवा, वडी, कडही जस्ता परिकारहरू तयार पारेर खाने तथा खुवाउने चलन रहेको छ ।
आज तयार पारेका खाद्यान्न मध्ये केही खाद्यान्न चोखो राखेर घरको ढोकाहरूमा भोली चढाउने प्रचलन मिथिलामा रहेको छ । यसका साथै भोली मिथिलाका ग्रामीण तथा शहरी क्षेत्रमा पनि शुद्ध माटोको हिलो छ्याप गरेर थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ । शुद्ध माटो शरीरको तापक्रमलाई कम गर्नमा मद्दत पुग्नुका साथै कतिपय चर्म रोग निको पार्ने भएकाले थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ ।
त्यसपछि नदी, पोखरी वा जलाशय स्नान गरेर नयाँ वर्षमा तयार पारेर पानीमा राखेको बासी भात तथा तरुवा सहितका परिकारहरू कूल देउतालाई चढाउने र खाने चलन रहेको छ ।
बिहान उठ्ने बित्तिकै घरका मूल व्यक्तिले बासी पानी लोटामा राखेर परिवारका हरेक सदस्यको टाउकोमा आजुरमा राखी आर्शिवाद दिने गर्दछन् । जसलाई जूडशितल पर्व भनिन्छ भने थारु समुदायले यसैलाई शिरुवा पर्व भन्ने गर्दछन् । यो पर्व मैथिली भाषीका साथै भोजपुरी तथा अवधि भाषीले पनि मनाउँछन् ।
शिरुवा पर्वको अवसरमा मधेश प्रदेश सरकारले वैशाख २ गते सोमवार सार्वजनिक बिदा पनि दिएको छ ।
साभार : रेडियो नेपाल

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
19 घन्टा पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
19 घन्टा पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
2 दिन पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
2 दिन पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
3 दिन पहिले