नयाँ वर्षसँगै मिथिलामा भोली जुडशीतल पर्व मनाइने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,बैशाख १ गते । नयाँ वर्षका दिन आज मिथिलाका घर घरमा खानाका विभिन्न परिकारहरू तयार पारेर खाने चलन रहेको छ । यस दिन मुरिंगाको तरकारी अनिवार्य रुपमा खाने चलन रहेको छ । यसका साथै तरुवा, वडी, कडही जस्ता परिकारहरू तयार पारेर खाने तथा खुवाउने चलन रहेको छ ।
आज तयार पारेका खाद्यान्न मध्ये केही खाद्यान्न चोखो राखेर घरको ढोकाहरूमा भोली चढाउने प्रचलन मिथिलामा रहेको छ । यसका साथै भोली मिथिलाका ग्रामीण तथा शहरी क्षेत्रमा पनि शुद्ध माटोको हिलो छ्याप गरेर थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ । शुद्ध माटो शरीरको तापक्रमलाई कम गर्नमा मद्दत पुग्नुका साथै कतिपय चर्म रोग निको पार्ने भएकाले थाल पानी (माटो पानी) खेल्ने चलन रहेको छ ।
त्यसपछि नदी, पोखरी वा जलाशय स्नान गरेर नयाँ वर्षमा तयार पारेर पानीमा राखेको बासी भात तथा तरुवा सहितका परिकारहरू कूल देउतालाई चढाउने र खाने चलन रहेको छ ।
बिहान उठ्ने बित्तिकै घरका मूल व्यक्तिले बासी पानी लोटामा राखेर परिवारका हरेक सदस्यको टाउकोमा आजुरमा राखी आर्शिवाद दिने गर्दछन् । जसलाई जूडशितल पर्व भनिन्छ भने थारु समुदायले यसैलाई शिरुवा पर्व भन्ने गर्दछन् । यो पर्व मैथिली भाषीका साथै भोजपुरी तथा अवधि भाषीले पनि मनाउँछन् ।
शिरुवा पर्वको अवसरमा मधेश प्रदेश सरकारले वैशाख २ गते सोमवार सार्वजनिक बिदा पनि दिएको छ ।
साभार : रेडियो नेपाल
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
1 घन्टा पहिले
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..
1 घन्टा पहिले
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..
1 दिन पहिले
अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु ..
नुवाकाेट, वैशाख ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचन..
1 दिन पहिले
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..
जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..
2 दिन पहिले
-
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
-
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता
-
अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु हुँदैन : मन्त्री डा.तिमिल्सिना
-
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद समूहको माग