संघीय गणतन्त्रमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुन्छ : सभामुख मण्डल
11 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख ६ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रका कारणले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रहेकाले यसको रक्षा गर्ने दायित्व प्रेस जगतको पनि रहेको बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाज जनकपुरधामद्वारा आयोजित प्रदेश सभा सचिवालयमा वरिष्ठ पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले पत्रकारहरूले जहिले पनि देश र जनतालाई सर्वोपरि स्थानमा राखेर कलम चलाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले संसदीय पत्रकार समाजले संसदीय पत्रकारिताको विकासका लागि अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्दै समाजमा आबद्ध रहेका पत्रकारहरूलाई अर्को वर्षदेखि प्रशिक्षण तथा अध्ययन भ्रमणको व्यवस्था गरिने बताउनुभयो ।
कार्यक्रममा सहभागी वरिष्ठ पत्रकारहरूले प्रदेश सभा तथा सरकारसँग गरेको अपेक्षाका विषयमा आ–आफ्नो धारणा सहितको सुझावहरू दिनुभएको थियो ।
साभार : रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
14 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
14 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले