Janakpurdham
Sun, Mar 22, 2026
`

जनकपुरको गंगासागरमा निर्माणाधीन स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण रोक्न उच्च अदालतको आदेश

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख ७ गते । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न आदेश जारी भएको छ ।

उच्च अदालत जनकपुरधामले स्व. रामनारायण मिश्र स्मृति भवन तत्काल अगाडि बढाउने कार्य नगर्नु, नगराउनु, निर्मायण कार्य सुरु गरेको भए यथास्थितिमा राख्नु भनी आदेश जारी भएको हो । उच्चका न्यायाधीश राजुराम सिलवालले सो आदेश दिएका हुन् ।

जनकपुरधामका उपप्रमुख किशोरी साह स्व. रामनारायण मिश्र स्मारक समितिका संयोजक हुन् । उनकै अगुवाइमा वैशाख ३ मा गंगासागर पोखरीको पूर्वी डिलमा स्मृति भवन निर्माणको शिलान्यास गरिएको थियो । तर सोही दिन शिलान्यास स्थलमा स्थानीयले तोडफोड गरेपछि स्मृति भवन निर्माण विवादित बनेको छ ।

स्मृति भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामले ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँ १९ पैसा (भ्याटसहित)मा ठेक्का लगाएको छ । सो निर्माणको ठेक्का पाएको एम/एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले निर्माण अगाडी बढाएको छ । 

स्मृति भवन शिलान्यास नगरेकै अवस्थामा गुठी संस्थान जनकपुरधामले पनि तत्काल निर्माण अगाडी नबढाउन निर्देशन दिएको थियो । तर राजनीतिक दबाबका कारण गुठी संस्थाले पछि गंगासागर पोखरीमा असर नपर्ने गरी निर्माण गर्न पत्राचार गरेको छ ।

गुठी संस्थानकै पत्रको आधारमा निर्माण अगाडि बढाएपछि महेन्द्र प्रसाद साहले उच्च अदालतमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ मा भवन निर्माण गर्दा सम्पदा क्षेत्रमा रहेको सार्वजनिक पोखरी जलासयको डिलबाट ५ मिटर जग्गा छाड्नुपर्ने उल्लेख छ । तर स्मृति भवन निर्माण गर्दा ५ मिटर नछाडिएको उच्चको आदेशमा जिकिर गरिएको छ ।

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

12 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

12 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले