Janakpurdham
Sat, Jul 05, 2025
`

जनकपुरको गंगासागरमा निर्माणाधीन स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण रोक्न उच्च अदालतको आदेश

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख ७ गते । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न आदेश जारी भएको छ ।

उच्च अदालत जनकपुरधामले स्व. रामनारायण मिश्र स्मृति भवन तत्काल अगाडि बढाउने कार्य नगर्नु, नगराउनु, निर्मायण कार्य सुरु गरेको भए यथास्थितिमा राख्नु भनी आदेश जारी भएको हो । उच्चका न्यायाधीश राजुराम सिलवालले सो आदेश दिएका हुन् ।

जनकपुरधामका उपप्रमुख किशोरी साह स्व. रामनारायण मिश्र स्मारक समितिका संयोजक हुन् । उनकै अगुवाइमा वैशाख ३ मा गंगासागर पोखरीको पूर्वी डिलमा स्मृति भवन निर्माणको शिलान्यास गरिएको थियो । तर सोही दिन शिलान्यास स्थलमा स्थानीयले तोडफोड गरेपछि स्मृति भवन निर्माण विवादित बनेको छ ।

स्मृति भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामले ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँ १९ पैसा (भ्याटसहित)मा ठेक्का लगाएको छ । सो निर्माणको ठेक्का पाएको एम/एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले निर्माण अगाडी बढाएको छ । 

स्मृति भवन शिलान्यास नगरेकै अवस्थामा गुठी संस्थान जनकपुरधामले पनि तत्काल निर्माण अगाडी नबढाउन निर्देशन दिएको थियो । तर राजनीतिक दबाबका कारण गुठी संस्थाले पछि गंगासागर पोखरीमा असर नपर्ने गरी निर्माण गर्न पत्राचार गरेको छ ।

गुठी संस्थानकै पत्रको आधारमा निर्माण अगाडि बढाएपछि महेन्द्र प्रसाद साहले उच्च अदालतमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ मा भवन निर्माण गर्दा सम्पदा क्षेत्रमा रहेको सार्वजनिक पोखरी जलासयको डिलबाट ५ मिटर जग्गा छाड्नुपर्ने उल्लेख छ । तर स्मृति भवन निर्माण गर्दा ५ मिटर नछाडिएको उच्चको आदेशमा जिकिर गरिएको छ ।

`
12 comments
प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..

5 घन्टा पहिले

राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..

जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..

5 घन्टा पहिले

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए

काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्।  स..

1 दिन पहिले

जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी

सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..

1 दिन पहिले

राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..

काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..

2 दिन पहिले