श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट ३० हजारले पाए श्रम स्वीकृति
11 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख १६ गते । श्रम तथा रोजगार कार्यालय जनकपुरधाम मधेश प्रदेशले पाँच जिल्लाका वैदेशिक रोजगारीमा जाने ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिएको कार्यालयले जनाएको छ । श्रम स्वीकृति पाउनेहरूमा संस्थागत, व्यक्तिगत नयाँ र व्यक्तिगत पुनः दर्ता रहेका छन् ।
कार्यालयले आज धनुषाको लक्ष्मीनियामा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख दिवाकर भुजेलले चालु आर्थिक वर्षमा कार्यालयमा परेको श्रम सम्बन्धि ४६ उजुरीमध्ये अधिकांश फर्छ्यौट गरिएको बताउनुभयो ।
यसका साथै प्रदेशमा रहेको १ सय १२ उद्योग प्रतिष्ठानको निरीक्षण गरेर श्रम सम्बन्धि समस्याको समाधान गरेको जनाइएको छ ।
मधेश प्रदेशको श्रम तथा रोजगार कार्यालय जनकपुरधामको कार्यक्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्ला तोकिएको छ ।
कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
साभार : रेडियो नेपाल
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
12 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
12 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले