Janakpurdham
Sun, Mar 22, 2026
`

एमाले धनुषा अधिवेशनमा झडप, रड प्रहारबाट तीन जनाको टाउको फुट्यो

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २३ गते । नेकपा एमाले जिल्ला अधिवेशनमा पुनः झडप भएको छ । झडपमा केही एमाले कार्यकर्ता घाइते भएका छन् । एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच झडप भएको हो । झडपका क्रममा एक अर्कालाई रड प्रहार गरेका हुन् ।रड प्रहारबाट राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ । अन्य कैयौं कार्यकर्तालाई सामान्य चोट लागेको छ । अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि त्यहाँको अवस्था तनावग्रस्त छ ।

विधान विपरीत परेको उम्मेदवारी खारेज गरेर शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडी बढाउनुपर्ने अरगरिया पक्षको अडान थियो । तर रघुवीर समूहले उम्मेदवारी खारेज गराउन नहुने भन्दै तोडफोडमा उत्रेपछि झडप भएको अधिवेशन प्रतिनिधिहरु बताउँछन् ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनको सभाहलभित्र सुरुमा कुटाकुट भएको थियो । कुटाकुटपछि अरगरिया समूह भित्रै धर्ना बसेका थिए भने रघुवीर समूह बाहिर प्रदर्शन गरिरहे । 

कुटाकुटपछि दुबै पक्षका नेताहरु छलफलमा बसेका बेला बाहिर पुनः झडप भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए । उनले भने, ‘भित्रबाट बाहिर निस्किने वित्तिकै हाम्रो पक्षका कार्यकर्तालाई कुट्न थालेको छ ।’

उनका अनुसार आजको लागि मतदान प्रक्रिया स्थगित भएको छ ।


साभार : नेपाल प्रेस

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

12 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

12 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले