Janakpurdham
Sun, Mar 22, 2026
`

‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत खुला सीमा समूहको भनाइ: आतंकवादविरुद्धको कदम स्वागतयोग्य

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाहीलाई पूर्ण समर्थन जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ।

संवाद समूहका अध्यक्ष डा. राजीव झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय सुरक्षाफौजले आतंकवादको जरो उखेल्ने उद्देश्यले गरेको कारबाहीलाई मानवता र शान्तिको पक्षमा उठाइएको कदमका रूपमा उल्लेख गरिएको छ। समूहले ती आक्रमणहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र अन्य देशहरूमा योजनाबद्ध आक्रमणमा संलग्न आतंकवादीहरूमाथि लक्षित भएको बताएको छ।

विज्ञप्तिमा नेपालको सरकारले पनि यस कारबाहीप्रति समर्थन जनाउनुपर्ने माग गरिएको छ। "आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा नभई सम्पूर्ण मानव जातिको शत्रु हो," वक्तव्यमा भनिएको छ।

नेपाल भारत खुला सिमा संवाद समूहले भारतको निर्णायक कारबाहीको प्रशंसा गर्दै दक्षिण एसियामा शान्ति, स्थायित्व र सुरक्षातर्फ अग्रसर हुने आशा व्यक्त गरेको छ। संवाद समूह जनकपुरधामबाट क्रियाशील नागरिक संगठन हो, जसले खुला सीमासम्बन्धी विषयमा दीर्घकालीन छलफल र सहकार्य गर्दै आएको छ।

 

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

10 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

10 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले