Janakpurdham
Sat, Jun 21, 2025
`

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब पुग्यो

1 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ३१ : सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाँघेको छ।

आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्षमा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ।

महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ। अद्यावधिक बेरुजु गतवर्षको भन्दा ९.४५ प्रतिशतले बढेको छ।

त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुंगो लगाउनुपर्ने रकम पाँच खर्ब ५१ अर्ब एक करोड गरी कुल रु १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो। यसरी हालसम्मको कुल बेरुजु रु १२ खर्ब ८४ अर्ब २० करोड नाघेको हो।

अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालयको तीन खर्ब ७५ अर्ब ४७ करोड, प्रदेश सरकारी कार्यालयको ३० अर्ब ४८ करोड १९ लाख, स्थानीय तहको  दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख र समिती तथा अन्य संस्थाको एक खर्ब १७ अर्ब ९४ करोड बराबर रहेको छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर ,असार ५ गते । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस ९कोभिड–१९० को जो..

2 दिन पहिले

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानम..

काठमाडौं ,असार ५ गते । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट..

2 दिन पहिले

‘पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्..

काठमाडौं, असार ४ : नेकपाल एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखिएक..

2 दिन पहिले

राप्ती प्रादेशिक अस्पतालः एक वर्षदेखि ‘सिटीस्क्यान’ से..

तुलसीपुर ,असार ४ गते । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ ..

3 दिन पहिले

बारामा बाघले एक जनाको ज्यान लियो

वीरगन्ज,असार ४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार दिउँस..

3 दिन पहिले