Janakpurdham
Wed, Aug 05, 2026
`

महालेखाद्वारा प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ १ गते । महालेखा परीक्षकको कार्यालयले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष महालेखा परीक्षकको साताँै वार्षिक प्रतिवेदन पेस गरेको छ । 

महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक इन्द्र प्रसाद आचार्यले प्रदेश प्रमुख भण्डारीसमक्ष महालेखा परीक्षकको साताँै वार्षिक प्रतिवेदन पेस गर्नुभयो । 

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशमा गत वर्षभन्दा यस वर्ष बेरुजु बढ्नु चिन्ताको विषय भएको भन्नुहुँदै बेरुजु कम गर्नका लागि मुख्यमन्त्रीसँग छलफल गर्ने बताउनुभयो । 

उहाँले कुनै पनि प्रदेशको विकास तथा समृद्धिका लागि आर्थिक अनुशासन आवश्यक रहेको उल्लेख गर्नुहुँदै मधेश प्रदेशमा आर्थिक अनुशासन कायम गर्नका लागि महालेखा परीक्षकको वार्षिक प्रतिवेदन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले कुन कुन क्षेत्रमा बढी बेरुजु भएको हो, त्यस विषयमा आफूले आफ्नो दायरामा रहेर मुख्यमन्त्रीसँग छलफल गरेर समाधानका उपाय खोजिने बताउनुभयो । 

साभार ः रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले