Janakpurdham
Sun, Mar 22, 2026
`

म्याथमेटिक्स ओलम्पियाड विजेता मिश्र सम्मानित

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ ५ गते । तुर्कमेनिस्तानमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक जितेका जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई मधेस प्रदेश सरकारले आज सम्मान गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सफलता प्राप्त गरेका मिश्रलाई सम्मान गर्नुभएको हो ।  

मुख्यमन्त्री सिंहले मधेसको भूमि हिरा उत्पादन गर्ने ठाउँ रहेको भन्दै हिराको खोजी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मधेसमा यस्ता प्रतिभा धेरै रहेकोमा त्यस्ता प्रतिभालाई बाहिर ल्याउन संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले काम गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

कास्य पदक विजेता मिश्रले आफूभन्दा पछाडिका पुस्तालाई किताबको ज्ञानमा मात्र सीमित नहुन आग्रह गर्दै यस्ता क्रियाकलापमा सहभागी हुन आग्रह गर्नुभयो । अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा भएको दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा करिब तीन सय भन्दा बढी विद्यार्थीहरूबिच व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा भएको थियो ।

अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा पहिलो पटक नेपाली विद्यार्थीले सहभागिता जनाएका थिए भने पहिलो पटक सहभागी हुँदै कस्य पदक जित्न सफल भएको हो । यससँगै उनी ९ जुलाईदेखि २१ जुलाई २०२५ सम्म अस्ट्रेलियामा आयोजना हुन लागेको ६६ औँ अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा भाग लिन जाने छन् ।


साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

10 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

10 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले