कोशीका सांसदहरू सवार गाडी दुर्घटना
10 महीना पहिले प्रकाशित
Esandhyakalin
विराटनगर ,जेठ ५ गते । कोशी प्रदेशका चारजना सांसद सदस्य सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ । झापाबाट विराटनगरतर्फ आँउदै गरेको बा ५ च ३५२० नम्बरको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।
र्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरू सबैको अवस्था सामान्य रहेको छ । सांसद मैयाँ श्रेष्ठले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौं, तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौं ।’
सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
साभार : नेपाल प्रेस
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
10 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
10 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले