Janakpurdham
Sun, Mar 22, 2026
`

‘मधेश प्रदेशको नीति तथा कार्यक्रम चाँडै आउँछ’

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,जेठ ७ गते ।  मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारले जेठ १५ लगतै प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ । 

आज मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लेखीले नीति तथा कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुहुँदै यस पटकको बजेट सञ्चारमैत्री हुने गरी मन्त्रिपरिषद्ले तयारी गरिरहेको बताउनुभयो । 

उहाँले मधेश प्रदेश सरकारले यस पटकको बजेट तथा कार्यक्रम असार १ गते अघि नै ल्याउने बताउनुभयो । सञ्चार मन्त्री लेखीले चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले सञ्चार मन्त्रालयलाई न्यून बजेट विनियोजन गरेका कारणले पत्रकारिता क्षेत्रका लागि गर्नुपर्ने काम गर्न नसकेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशमा शान्ति सुरक्षासहितको विभिन्न काममा सक्रिय नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरचनाहरू निक्कै कमजोर रहेकाले ती संरचनाहरूको प्रबलीकरण तथा नयाँ संरचनाको निर्माणमा बजेट व्यवस्थापन हुने बताउनुभयो । 

उहाँले चालु आर्थिक वर्षमा शहिदका छोरोछाेरीलाई छात्रवृत्ति प्रदान गर्नका लागि ५० लाख रकम विनियोजन गर्नुका साथै शहिद परिवारलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसहित रोजगारका लागि आवश्यक उपकरण प्रदान गरिने तयारीमा रहेको जानकारी दिनुभयो । 

मन्त्री लेखीले पत्रकारहरूको दुर्घटना बीमालाई जीवन बीमा रुपान्तरणका लागि अगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको प्रयास गर्ने बताउनुभयो । उहाँले मधेश प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानका कार्यक्रम चाडै गरिने बताउनुभयो ।    


साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

10 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

10 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले