आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ १२ गते । जनताको स्वास्थ्यसँग जोडिएको आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहहरुले प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको उपचारात्मक महाशाखा टेकुको आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा आज जनकपुरधाममा सम्पन्न आधारभूत तथा आकस्मिक सेवा सुनिश्चितताका लागि नीति संवाद कार्यक्रमका सहभागीले यस क्षेत्रका अगुवाहरूले जनताको आधारभूत सेवा प्रदान गर्नका लागि बजेट, संरचना तथा जनशक्तिको अभाव हुन नहुनेको जोड दिनुभयो ।
मधेश प्रदेशका विभिन्न पालिकाहरूका प्रमुख तथा स्वास्थ्य शाखा हेर्ने शाखा प्रमुखहरू तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको सो कार्यक्रममा पालिकाहरुले आधारभूत स्वास्थ्य सेवाको क्षेत्रमा गरेको सकारात्मक प्रयासका विषयमा जानकारी दिनुका साथै अनुभव आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी विभिन्न पालिकाहरुले जनताका लागि आवश्यक पर्ने औषधि, उपचार तथा प्रसूति सेवाका क्षेत्रमा गरेका प्रयासका विषयमा जानकारी गराउनुभएको थियो । मधेश प्रदेशमा लगातार दुई वर्षदेखि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर चर्चा कमाएका सर्लाही जिल्लाका हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले पालिकामा रहेका सबै वडाका ज्येष्ठ नागरिकहरूलाई औषधि उपचारसहितका विभिन्न सेवाहरू निःशुल्क रुपमा दिँदै आएको बताउनुभयो ।
उहाँले पालिकामा रहेका ३ हजार १ सय ज्येष्ठ नागरिकलाई निःशुल्क प्रेसर तथा सुगरको औषधि, ८ सयलाई थाईराइट तथा कोल्ड स्टोरेजको औषधि निःशुल्क रुपमा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । घर दैलोमा उपचारको व्यवस्था, मासिक रुपमा स्वास्थ्य शिविर, निःशुल्क सेनेटरी प्याड पालिकाले नगरभरी वितरण गर्दै आएको जानकारी बुढाथोकीले गराउनुभयो ।
पर्सा जिल्लाका पोखरीया नगरपालिकाका नगरप्रमुख प्रधुम्न प्रसाद चौधरीले पालिकामा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि जनशक्ति तथा समयमा औषधि खरिद गर्न नसक्दा चाहिए जति जनतालाई सेवा दिन नसकेको बताउनुभयो ।
सप्तरी जिल्लाका हनुमान नगरकंकालनीका नगरप्रमुख विरेन्द्र माझीले आम जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिकाले सबै प्रकारका उपायहरू अवलम्बन गर्दै आएपनि निरन्तर रुपमा बजेट कटौती हुन थालेका कारणले चाहेर पनि धेरै सेवा दिन नसकेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय उपचारात्मक महाशाखा टेकुका स्वास्थ्य निरीक्षक कमलेश मिश्रले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मधेश प्रदेशका विभिन्न पालिकाहरूका प्रमुखहरूलाई बोलाएर कार्यक्रम गरेको भन्नुहुँदै यसले अगामी आर्थिक वर्षमा आधारभूत तथा आकस्मिक सेवाका लागि पर्याप्त बजेट विनियोजन हुने आशा व्यक्त गर्नुभयो । उहाँले सरकारले ९८ प्रकारको औषधि निःशुल्क रुपमा दिने गरेको जानकारी दिनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले जनताको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनमा पालिकाहरूको महत्वपूर्ण योगदान हुने भन्नुहुँदै निर्देशनालयले आवश्यक सहयोग गर्न तयार भएको बताउनुभयो ।
साभार : रेडियो नेपाल
.jpg)
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
8 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले