‘भारतबाट हुने गरेको तस्करी नेपालका लागि चुनौती’
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ १३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपालको सीमावर्ती बजारहरूमा भारतबाट हुने गरेको अवैध तस्करीले नेपालका व्यापारीहरू मारमा परेको बताउनुभएको छ ।
जयनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम बलोरियाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको आज भएको भेटमा उहाँले दुवै तीरको बजार तथा व्यापारी खुशी रहने किसिमको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले व्लेकिया मार्फत हुने गरेको तस्करीले यो समस्या आएको बताउँदै यसमा रोक लगाउनका लागि सीमावर्ती भारतीय क्षेत्रका व्यापारीहरूलाई सहयोगका लागि अपील गर्नुभयो ।
भारतको विहारका जयनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम बलोरियाले भारतबाट दैनिक उपभोग्य तथा विभिन्न सांस्कृतिक व्यवहारका लागि आउने सामानमा नेपाली सुरक्षा निकायबाट हुने गरेको अवरोधमा सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।
भेटघाटमा दुवै देशको पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसायका विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय अध्यक्ष निर्मल चौधरीले जानकारी दिनुभयो ।
साभार : रेडियो नेपाल
.jpg)
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
9 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले